scheduleशनिवार कार्तिक २ गते, २०७६

‘क्रान्तिकारी’ मानिएको औषधि क्यान्सर उपचारमा प्रभावकारी

लण्डन, ८ असोज । युरोपमा एक नयाँ औषधिलाई क्यान्सर उपचारका लागि अनुमति दिइएको छ । उक्त औषधिलाई क्यान्सर उपचारमा क्रान्तिकारी आविष्कारको रुपमा लिइएको छ ।

क्यान्सरविरुद्ध प्रयोग हुने उक्त औषधिले शरीरको जुनसुकै भागमा विकसित क्यान्सर कोषिका र जुनसुकै अनुवांशिक समस्याविरुद्ध पनि काम गर्न सक्छ । उक्त औषधिको परीक्षणमा संलग्न बेलायती चिकित्सकहरूले सो काम निकै उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।

उनीहरुका अनुसार यसले धेरै खाले उपचार पद्धतिबाट धेरै बिरामीलाई उपचार गर्न सकिन्छ । लारोट्रिस्टिनिब नामक सो औषधि साइड इफेक्ट कम भएको पनि बताइएको छ ।

शरीरको कनेक्टिभ टिस्यूमा उत्पन्न क्यान्सरबाट पीडित एक दुई वर्षीया बालिकामा उक्त औषधिको सफल प्रयोग भएको थियो । उनलाई सो औषधि परीक्षणका रुपमा प्रयोग गरिएको र परीक्षण सफल भएको चिकित्सकहरुले बताएका छन् ।

क्यान्सरपीडित ती बालिकाकी आमाले उपचारको लागि कुनै विकल्प बाँकी नरहेको अवस्थामा उक्त औषधि परीक्षणका लागि प्रयोग गर्न अनुमति दिइएको जानकारी दिइन् । उक्त औषधिले काम गरेपछि आफू अत्यधिक खुसी रहेको उनको प्रतिक्रिया थियो ।

आनुवांशिकरुपमा उत्पन्न भएको उक्त बालिकाको क्यान्सर अहिले निको भएको र अब उनी तुलनात्मकरुपमा समान्य जीवन जिउन सक्ने अबस्थामा रहेको चिकित्सकहरूले जानकारी दिएका छन् । –बीबीसीको सहयोगमा

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage