scheduleबुधवार जेष्ठ २१ गते, २०७७

कब्जियतको उपचार कसरी गर्ने ?

काठमाडौँ, ९ असोज । कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ।

मानसिक समस्या जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भ्किरहनु, मांसपेसी तथा नसा९नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ। कोलेस्टेरोल, युरिक एसिड आदि रगतमा हुने तत्वहरू घटबढ भइरहनु, रक्तअल्पताको समस्या देखापर्नु, महत्वपूर्ण अंगहरूको कार्यक्षमता घट्न जस्ता रोग देखिन सक्छ।

Dish_Home

सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।
इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।
राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।
एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।
अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।
गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।
१ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।
दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।
घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।
९सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।
सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।
खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।
बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय