scheduleबुधवार आश्विन २९ गते, २०७६

नेपाल आइडल लामाले ल्याए ‘आफूभन्दा जेठी’ (भिडियोसहित)


काठमाडौं, ९ असोज । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ। मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् ।

मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ । गीतकार सिग्देल र मोडल सम्पदा बानियालाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो । ‘आजकल यस्तै खालेको माहोल छ । त्यही भएर अहिलेको माहोललाई मैले गीतमार्फत् उतारेको हुँ,’ मोडल तथा गीतकार मनोज सिग्देल उरेस भन्छन् ।

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु)ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ । गीतलाई कलर समिर मियाले गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage