scheduleमगलवार आश्विन २८ गते, २०७६

जनकपुरमा गोली चल्यो: १ घाइते, ४ पक्राउ

जनकपुरधाम, ९ असोज ।  जनकपुरमा प्रहरीले गोली चलाएर ४ जना डाकालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालका अनुसार जनकपुर उपमहानगरपालिका गेटमा रहेको जानकी फर्निसिङबाट उनीहरुलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो ।

बिहान करिब साढे ३ बजे पसलको सटर फोडेर उनीहरु भित्र पसेका प्रहरीको भनाइ छ । प्रहरीले चलाएको गोली लागेर एकजना डाका घाइते भएको र उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली रहेका छन् । उनीहरुको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गररेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक खनालले बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage