scheduleमगलवार आश्विन २८ गते, २०७६

नियन्त्रणमा लिएको स्काभेटरको पाटपूर्जा प्रहरीले बेचेको आरोप

जनकपुरधाम, ८ असोज । धनुषाको मिथिला नगरपालिकामा रहेको वन कार्यालयले वन जंगल मासेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको स्काभेटरको पाटपूर्जा प्रहरी र व्यापारीको मिलोमतोमा बेचेको खुलासा भएको छ ।

स्काभेटर बेचेको आरोप लागेपछि ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक अवधेश ओझालाई जिल्ला प्रहरी कार्यालय धनुषामा तानेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिएका छन् । प्रहरी उपरिक्षक खनालका अनुसार मेशिनको पाटपूर्जा कसरी चोरी भयो भन्ने विषयमा छानविन गर्न प्रहरी नायव उपरिक्षक सन्तुप्रसाद जयसवालको नेतृत्वमा छानविन टोलि गठन गरिएको छ ।

प्रहरी निरिक्षक ओझा दोषी ठहर भए विभागिय कारबाही गर्ने पनि उनले बताए। गत फागुनमा पोखरी खनेर जंगलको जग्गामा क्षति पुर्याएको आरोपमा वन कार्यालयले मिथिला नगरपालिका १ पोखरीबाट उक्त स्काभेटर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage