scheduleआइतवार कार्तिक ३ गते, २०७६

काँग्रेसले बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्ने

फाइल फोटो

काठमाडाैं, ९ असोज ।  नेपाली काँग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिए  ।

बिहीबार काठमाडौंको ओमबहालमा निर्माण गरिएको पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै उनले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गरेको भूमिकाको पनि चर्चा गरे । सभापति देउवाले राजतन्त्रविरुद्ध नेता शाक्यले खेलेको  भूमिकाको जति चर्चा गरेपनि कमै हुने बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage