scheduleशनिवार फाल्गुन १७ गते, २०७६

भुवन, बसुन्धरादेखि स्वस्तीमासम्मलाई नवदुर्गा सम्मान

काठमाडौं, ९ असोज ।   नेपाली चलचित्रको प्रथम अभिनेत्री देखि अहिले चल्तीमा रहेका अभिनेत्रीहरुलाई राष्ट्रिय नवदुर्गा सम्मान गरिने भएको छ ।
राष्ट्रिय नवदुर्गा सम्मान तथा साँस्कृतिक कार्यक्रममा विभिन्न नौ अभिनेत्रीलाई सम्मान गरिने भएको हो । सम्मानित हुने अभिनेत्रीहरुमा नेपालकै पहिलो चलचित्र ‘आमा’ का अभिनेत्रीहरु भुवन चन्द तथा बसुन्धरा भूषाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चीता लुइटेल एवं स्वस्तीमा खड्का रहेका छन् ।

विशिष्ट अभिनेत्रीसहित नव अभिनेत्रीहरुलाई राष्ट्रिय नवदुर्गा सम्मानबाट सम्मानित गरिनु विशिष्टलाई कदर गरिएको र नयाँहरुलाई  एकै
मञ्चमा प्रोत्साहन गरिएको आयोजक शहिद फिल्मकी विमना केसीले बताइन् ।

Dish_Home

राष्ट्रिय नवदुर्गा सम्मान कार्यक्रममा वृहत साँस्कृतिक कार्यक्रम समेत राखिएको छ । साँस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली
अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भिर विष्ट, गजित विष्ट, प्रवित्रा आचार्य लगायतका कलाकार रहेको आयोजक संस्था  मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल रहेका छन् ।  कार्यक्रम राष्ट्रिय नाचघरमा यहि असोज १३ गते दिउसो २ः३० देखी शुरु हुने आयोजकले बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय