scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

योगा गर्दा अपनाउनु पर्ने सावधानी

काठमाडौँ, १० असोज । योगा गर्ने समयमा केही महत्वपूर्ण र उपयोगी सावधानी अपनाउन पनि जरुरी छ । यसका लागि केही नियमको पालना गर्नुपर्ने हुन्छ ।

यी नियमको पालना नगर्दा योगाले फाइदाको ठाँउमा नोक्सान गर्न सक्ने योग गुरुहरुले बताएका छन् । योग गर्ने बित्तिकै नुहाउन हुँदैनः योगा गर्दा शरिर तात्ने भएकाले तुरुन्तै नुहाउदा चिसो लाग्ने, निमोनिया हुनेजस्ता समस्या देखापर्ने भएकाले योग गरेको एक घण्टा पछि मात्र नुहाउनुपर्छ ।

योग गर्नु पहिले शरिरलाई तयार गर्नुपर्दछ ।

योग विज्ञको निगरानीमा मात्र योगा गर्दा राम्रो ।

ढाड, घुडा र माशंपेशीको समस्या छ भने योगा गर्नै हुँदैन ।

योगा गर्दाको समय बाथरुम जान हुँदैनः योगा गर्दा बाथरुम नगई शरिरमा भएको पानी पसिनाका माध्यमबाट बाहिर निकाल्नु पर्दछ ।

योग अभ्यासको समय पानी पिउँन हुदैनः योगा गर्दाको समय शरिरको तापमान बढ्ने भएकाले तत्काल

पानी पिउँन हुँदैन । यसबाट शरिरमा एलर्जी, कफजस्ता समस्या देखा पर्दछ ।

सुरुवातमा कठिन आसन गर्नुहुदैनः सुरुवातमा नै गाह्रो आसन गर्दा शरिर छिट्टै थाक्ने र शरिरमा अन्य

समस्या देखापर्ने हुँदा शरिरको सहजताका लागि सुरुमा सजिलो खालको आसन गर्नुपर्दछ ।

बिरामी हुदाँ योग गर्न हुँदैनः बिरामी हुदाँको समय योग नगर्दा राम्रो हुन्छ । गर्नैपर्ने नै भए डक्टरको सल्लाह बमोजिम मात्र गर्नुपर्छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage