एकपटक फेरि आमिर र करिना रोमान्स गर्दै
काठमाडौँ, १० असोज । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । पछिल्लो समय उनी फिल्म लाल सिंह चड्डाकामा व्यस्त रहेका छन् ।
थंग्स अफ हिन्दुस्थान फिल्म फ्लप भएपछि उनी समस्यामा परेका थिए ।
तर, आफ्नो होनरका लागि माहिर मानिने उनले यस फिल्मका लागि पुर्ण तयारी गरेको बताइएको छ ।
फरेष्ट गम फिल्मबाट प्रेरित यस फिल्ममा आमिर खानको अपोजिटमा करिना कपुर रहेकी छिन् ।
उनले यस यस फिल्ममा करिना कपुरसँग रोमान्स गर्दैछन् । नोभेम्बर १ देखि पन्जावका विभिन्न ठाउँमा यस फिल्मको सुटिङ हुने बताइएको छ । यस फिल्मका लागि लोकेशनहरु हालसम्म फिक्स नभएको बताइएको छ ।