scheduleशनिवार फाल्गुन १७ गते, २०७६

म अन्तर्राष्ट्रिय विमानस्थलको विरोधी हैनः मन्त्री यादव


सिमरा, १० असोज । प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले मिडियामा आएजस्तो आफू विमानस्थल विरोधी नरहेको स्पष्टीकरण दिएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार सिमरामा आयोजित कार्यक्रममा सहभागी हुन आएका मन्त्री यादवले बारामा बन्न लागेको विमानस्थलको विरोधमा आफू नरहेको स्पष्ट पारेका हुन् ।

‘अन्तर्राष्टिय विमानस्थल प्रदेश २ को भूमिमा बन्नु आफैमा गौरवको विषय हो,’ मन्त्री यादवले भने, ‘संघीय सरकार र प्रदेश सरकारबीच समन्वय हुनुपर्छ भन्ने मात्रै मेरो भनाई हो ।’

उनले अगाडि थपे, ‘मैले विमानस्थल बन्नु हुँदैन र रुख काट्न दिन्न भनेर कतै भनेको छैन । मिडियामा आउँदा त्रुटी भएको हुनसक्छ, संघीय सरकारले हामीसँग समन्वय गरेन र विमानस्थलको नाममा अनावश्यक रुख काट्नु हुँदैन् मात्रै भनेको हुँ । विमानस्थलको नाममा व्यापार गर्नु हुँदैन। कम रुख कटान गरेर विमानस्थल बनाउँदा कुनै आपत्ति छैन ।’

Dish_Home

मन्त्री यादवले आवश्यकताअनुसार रुख कटान गरी विमानस्थल बनाउन सकिने भएपनि त्यसका लागि प्रदेश सरकारसँग समन्वय गर्न भने जरुरी रहेकोमा जोड दिए । ‘संघीय सरकारले प्रदेश सरकारसँग समन्वय नगर्नु दुःखद् पक्ष रहेको छ,’ उनले भने, ‘राष्ट्रिय वन क्षेत्रको अधिकार अहिले प्रदेश सरकारको मातहतमा रहेको छ । तर यही प्रदेशभित्र विमानस्थल बनाउँदा प्रदेश सरकारसँग समन्वय गरिएको छैन् ।’

उनले प्रदेश सरकार पनि विमानस्थलकै पक्षमा रहे पनि समन्वयको अभाव रहेकोमा भने जोड दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय