scheduleशनिवार कार्तिक २ गते, २०७६

अध्यापन अनुमति पत्रको प्रश्नपत्रमा नै उत्तर भेटिएपछि‍…

गुल्मी, १० असोज । अध्यापन अनुमति पत्रको प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगित गरिएको हो ।

रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र क मा अङ्ग्रेजी बिषयको समूह ‘घ’ को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगित गरी पुन परीक्षा गराइएको केन्द्राध्यक्ष राम बहादुर थापाले जानकारी दिए ।

नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या आएको उनले बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage