scheduleमगलवार आश्विन २८ गते, २०७६

चिनिया कम्युनिष्टबाट अनुशासन मात्रै सिकिदिए पनि पु्ग्थ्योः केसी


बारा, ११ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले नेपालका कम्यूनिष्टले चिनियाहरुबाट अनुशासनमात्रै सिकेपनि पुग्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर २ ले बाराको सिमरामा शुक्रबार आयोजना गरेको जनभेलालाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताएका हुन् । चिनिया राष्ट्रपति सि को विचारधारा नेपालमा लागू गर्न खोजिएको प्रसंग उल्लेख गर्दै उनले नेपाली कम्युनिष्टले चिनियाँ कम्युनिष्टको व्यवहार र अनुशासन आफुमा लागु गर्न सके परिवर्तनका लागि अरु केही गर्नै नपर्ने बताए ।

नेता केसीले वर्तमान सरकार कम्युनिष्टको हुँदै नभएको समेत दाबी गरे । दुई तिहाईको सरकार स्थापना हुँदासमेत सर्वहारा वर्गले केही पाउन नसकेको भन्दै यो सरकार नामको मात्रै कम्युनिष्टको भएको उनको भनाई थियो ।

फरक प्रसंगमा नेता केसीले देशले संघीयता थेग्न नसक्ने दावी दोहोर्‍याइ । विदेशी शक्तिको बलमा मुलुकमा संघीयता लागू भएको भन्दै उनले देशलाई यही संघीयताले अप्ठेरोमा पारिरहेको बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage