scheduleमगलवार आश्विन २८ गते, २०७६

‘साङ्लो’ को पहिलो पोस्टर सार्वजनिक, विराज नयाँ लुकमा

काठमाडौं, ११ असोज । अभिनेता विराट भट्ट र मिस नेपाल-२०१७  निकिता चण्डक अभिनित ‘साङ्लो’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

शनिबार ‘साङ्लो’ को पहिल पोस्टर सार्वजनिक गरिएको हो । अभिनेता भट्टले पहिलो पटक निर्देशन गरेको यस चलचित्रमा मिस नेपाल-२०१७ निकिता चण्डकले डेब्यू गर्दै छन् ।

‘साङ्लो’मा विराज तथा निकितासँग प्रकाश शाह, कामेश्वर चौरसिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीले समेत अभिनय गरेका छन् ।

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित ‘साङ्लो’मा तेज बहादु खड्काको समेत लगानी छ । त्यस्तै चलचित्रको पटकथा शिवम अधिकारीले तयार गरेका हुन् भने सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुले संगीत दिएका छन् ।

‘साङ्लो’लाई छठको अवसर पारेर कार्तिक १५ गते रिलिज गर्ने तयारी गरिएको थियो । तर फागुन ९ गते रिलिज हुने गरी नयाँ मिति तोकिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage