scheduleसोमवार आश्विन १२ गते, २०७७

चतुर बहादुर चन्द बने क्यानको अध्यक्ष

काठमाडौं, ११ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।

शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचित भएका हुन् । चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका थिए । चन्दको पक्षमा ४४ मत र पाण्डेको पक्षमा १५ मत खसेको थियो ।

त्यस्तै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ४१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याएर छन् । यता सचिवमा अशोकनाथ प्याकुरेल चुनिएका छन् । प्याकुरेले विनोद मैनालीलाई हराउँदै सचिव पद हत्याएका हुन् । प्याकुरेलले ४३ मत ल्याएका छन् भने मैनालीले १५ मत ल्याए।

कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याए । त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमीरवीर पाण्डे विजयी भए।

यसअघि प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन भइसकेका छन् ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध भएकी थिइन्। उनी एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध भएकी हुन्। केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ।

खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय