scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

ढुंगामा मोटरसाइकल ठोक्किँदा असईको ज्यान गयो

इलाम, ११ असोज । मोटरसाइकल ढुंगामा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ ।

इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित नेपाल प्रहरी बिटका इन्चार्ज असई रवि मगरको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो। मगर सवार मोटरसाइकल सुम्बेकको छाँगेखोलामा ढुंगामा ठोक्किएर सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा परी असई मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

Dish_Home

शनिबार दिउँसो साढे १ बजेतिर उक्त दुर्घटना भएको हो । ढुंगामा ठोक्किएपछि मोटरसाइकल कच्ची सडकबाट झन्डै ५० मिटर तल खसेको थियो। गाउँमा झगडा भएको सूचना आएपछि मोटरसाइकलको पछाडि बसेर त्यसतर्फ जाने क्रममा उक्त दुर्घटना भएको थियो ।‍

मोटरसाइकल चालक रामसेवक मोची भने सामान्य घाइते छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय