scheduleशुक्रवार मंसिर ६ गते, २०७६

नेपालले टस हार्‍यो, सिंगापुरले पहिला ब्याटिङ गर्दै

काठमाडौं, ११ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टि-२० अन्तर्गत अहिले नेपाल र घरेलु टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

टस हारेको नेपालले दोस्रो खेलमा घरेलु टोली सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

पहिलो खेलम जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । यता आयोजक सिंगापुर नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ ।

डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको पहिलो खेलमा नेपाललाई हराएको जिम्बावे अंक तालिकामा २ अंकसहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage