scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

गाैहत्या काण्ड : १४ जना धरौटीमा र २ जना साधारण तारेखमा रिहा

नेपालगञ्ज, ११ असोज । सुर्खेत जिल्ला अदालतले  गौहत्या प्रकरणमा पक्राउ परेका १६ मध्ये १४ जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा छाडेको छ ।

नेपालगञ्जबाट दैलेखका लागि लगिएका  गाई सुर्खेतको  जंगलमा मृत अवस्थामा फेला परको घटनामा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र आचार्यको इजलासले पक्राउ परेकामध्ये १४ जनालाई धरौटीमा र ट्रकका दुई जना सहचालकलाई साधारण तारिखमा छोड्न शुक्रबार आदेश दिएपछि उनिहरु रिहा भएका हुन्  ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय