scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

महानायक हमाललाई पुरस्कारसहित सम्मान दिइने


काठमाडौँ, ११ असोज । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई एक लाख रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ।

करीब ३ सय चलचित्रमा अभिनय गरिसकेका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो।

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए। सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन्।

भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ। केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ। रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage