scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

‘मुटु रोगका कारण हरेक वर्ष १७ करोडभन्दा बढीको मृत्यु’


काठमाडौं, १२ असोज । आज आठौं विश्व मुटु दिवस, नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यस वर्ष ‘मेरो मुटु, तपाईंको मुटु’ नारा तय गरिएको छ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएपनि औपचारिक रुपमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धी रोगका कारण १७ करोड भन्दा बढीको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै प्रत्येक वर्ष विभिन्न मुटु सम्बन्धी रोगका कारण २६ लाख नागरिक प्रभावित हुने गरेका छन् ।

मुटुरोग विशेषज्ञहरुका अनुसार मुटुरोगबाट जोगिन खानपान, व्यायाम, जीवनशैली लगायतमा विशेष ध्यान दिइएन भने मुटुरोगले सताउन सक्छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage