scheduleमगलवार आश्विन २८ गते, २०७६

जहाँ एक वडाबाट अर्काे वडा जाँदा सवारी कर तिर्नुपर्छ …

रौतहट, १२ असोज । रौतहटको चन्द्रपुर नगरपालिकाले एक वडाबाट अर्काे वडामा प्रवेश गर्दा सवारी कर लगाएको छ । नगरपालिकाले अनावश्यक कर थोपरेको भन्दै स्थानीयले उक्त निर्णयको विरोध गरेका छन् ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ बाट ३ मा प्रवेश गर्दा नगरले सवारी साधन प्रवेश कर लगाएपछि स्थानीयले आक्रोश व्यक्त गर्दै खारेजीको माग गरेका हुन् । चन्द्रपुर नगरपालिकाले हेभी सवारी साधन प्रवेश बापत नगद ५० र हलुका सवारी साधन बापत नगद २० कर लगाउने गरी ठेक्का लगाएको छ ।

सो सवारी सेवा कर बापत हार्दिक कन्सट्रक्सनले ठेक्का पाएको छ । चन्द्रपुर गैडाटार उपयोगी सवारी सेवा कर खारेजीको माग गर्दै स्थानिय बासिन्दाले चन्द्रपुर नगरपालिकामा निवेदन समेत पेश गरेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage