scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

सुत्केरीलाई थप सेवा सुविधा थप्दै स्थानीय सरकार 

पाल्पा, १२ असोज  । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि सरकारले भत्ता दिने व्यवस्था गरेको छ । धेरै स्थानीय तहले सुत्केरी महिलाका लागि केन्द्र सरकारले दिने सुविधामा थप सेवा, सुविधा र भत्ता दिने गरेका छन् ।

यसैमध्यको एक हो, पाल्पाको पूर्व खोला गाउँपालिका । पूर्वखोला गाउँपालिका पाल्पाले घरमै सुत्केरी हुने दरलाई शुन्यमा पुर्‍याउन सुत्केरी र उनका सहयोगिलाई खानाको व्यवस्था गरेको छ ।

गाउँपालिका भित्रका महिलालाई स्वास्थ्य संस्थामा गएर सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर सारुले बताउनुभयो । पूर्वखोला गाउँपालिकाले ६ वटै वडामा सुत्केरी र उनका सहयोगिलाई खाना कार्यक्रम लागू गरेको छ । सुत्केरी प्रोत्साहन कार्यक्रमका कारण आर्थिक वर्ष २०७५/०७६ मा एकसय ६९ जना लाभान्वित भएका गाउँपालिकाका स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए ।

गाउँपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुन जानेलाई प्रोत्साहन स्वरुप ६ सय रुपैंया र चार पटकसम्म नियमित गर्भ परीक्षण गराउनेलाई एक क्यारेट अण्डा वितरण गर्ने गरेको छ । गाउँपालिकाको यस्तो कार्यक्रमबाट सुत्केरी महिलाहरु खुशी भएका छन् । गतवर्ष एकजना मात्रै घरमा सुत्केरी भएको गाउँपालिकाको तथ्याङ्क छ । गाउँपालिकाले आगमी वर्ष घरमा सुत्केरी हुने दरलाई शुन्य बनाउने लक्ष्य राखेको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage