scheduleमगलवार आश्विन २८ गते, २०७६

विश्वकै सबैभन्दा ठुलो एलम्बर पार्क बन्दै

खोटाङ, १२ असोज । खोटाङको बुईपामा निर्माणाधिन एलम्बर पार्कमा राखिने एलम्बरको मुर्ती निर्माणका लागि किरात राई यायोक्खाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई एलम्बरको स्केच प्रदान गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा करिब १४ करोडको लागतमा एलम्बरको मुर्ती सहितको रमणीय पार्क निर्माण सुरु गरेको नगरपालिकालाई यायोक्खा केन्द्रिय समितिले एलम्बरको स्केच प्रदान गरेको हो ।

विभिन्न स्थानमा स्थापना भइरहेका एलम्बरको आकृतिलाई एकरुपता दिनका लागि यायोक्खाका अध्यक्ष दिवस राईले काठ्माण्डौंमा आयोजित कार्यक्रममा मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई र बुईपाका वडाध्यक्ष दिनेश राईलाई एलम्बरको रेखा चित्र प्रदान गरेका हुन् ।

पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले बुईपामा करिब ३० रोपनी क्षेत्रभित्र किराती प्रथम राजा एलम्बरको मुर्ती सहितको पार्क निर्माणको काम अघि बढाएको हो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage