scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सामूदायिक विद्यालयमा प्याड वितरणको व्यवस्था मिलाउन परिपत्र

काठमाडाैं, ११ असोज ।  सरकारले सामुदायिक विद्यालयमा प्याड वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई परिपत्र गरेको छ ।

आगामी कात्तिक १ गतेदेखि विशेष कार्यक्रम गरी स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड वितरण व्यवस्थापन गर्ने गरि व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको हो ।

Dish_Home

प्याड आवश्यक पर्ने छात्राको लागत राख्ने, वितरण गर्ने, प्रयोग भएका प्याडको उचित तरिकाले विसर्जनको व्यवस्था मिलाउने जिम्मा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई दिइएको मन्त्रालयका सूचना अधिकारी जीवलाल भूषालले जानकारी दिए ।

सरकारको गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउने निर्णय गरेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय