scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

प्रधानमन्त्री इमरानलाई पूर्वपत्नीको आरोप- ऊ ‘प्ले ब्वाई’ हो

काठमाडौं, १३ असोज । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको छवि अन्तर्राष्ट्रियस्तरमा प्रखर राजनेताजस्तो बन्दै गइरहेको छ । देशभित्र उनी मितव्ययी र भ्रष्टाचारविरोधी स्वच्छ प्रधानमन्त्रीको छवी बनाउन सफल छन् । देशबाहिर उनमा केही भाषण विशेष चर्चित छन् । जब भारतीय संसदले संविधानको धारा ३७० संशोधन गरी काश्मिरको स्वायत्तता खारेज गर्‍यो, तत्काल उनले पाकिस्तानी संसदमा काश्मीरबारे जोडदार भाषण गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हिटलर’ र बिजेपीलाई ‘हिन्दू नाजीवादी दल’ का रुपमा चित्रण गरे ।

पाकिस्तानलाई विश्वकप क्रिकेट जिताएको कप्तानी छवीसहित राजनीतिमा आएका खानले पाकिस्तान तेहरिक–ए इन्साफ (पिटिआई) गठन गरी २२ बर्षमा सबैभन्दा ठूलो दल बनाए । साथै, देशको प्रधानमन्त्री बन्न सफल भए । भर्खरै संयुक्त राष्ट्र संघको साधारणासभामा उनले ‘दुई आणविक राष्ट्र बीचको द्वन्द्वलाई हल्का रुपमा नलिन’ विश्व समुदायलाई चेतावनी दिएका छन् । यी इमरान खानको व्यक्तित्वका उज्याला पक्ष हुन् ।

तर, प्रधानमन्त्री इमारान खानकी पूर्वपत्नी रेहम खान भने इमरानको व्यक्तित्वलाई नक्कली, देखावटी र पाखण्डी ठान्दछिन् । रेहम खान पाकिस्तनी मूलकी बेलायती नागरिक हुन् । सन् २०१५ मा उनल इमारान खानसँग बिहे गरेकी थिइन । यो इमरानको दोस्रो विवाह थियो । तर यो विवाह लामो टिकेन । १० महिना मात्र रह्यो । इमरानसँग डिभार्सपछि रेगम बेलायत बस्छिन् । बौद्धिक क्षमताकी धनी रेहम टिभी एंकर, स्तम्भकार तथा लेखिका हुन् ।

इमरानको पहिलो विवाह बेलायती नागरिक जेमिमा गोल्डस्मिथसँग भएको थियो । जेमिमाबाट इमरानका २ छोराहरु छन् । रहेमसँगको दोस्रो विवाह पनि टुटेपछि उनले बुस्रा बिबीसँग तेस्रो विवाह गरे । रहेमको अरोप छ कि खान प्ले ब्वाई हुन् । उनका दर्जनौं लभ अफेयर र सेक्स स्क्याण्डलहरु छन् ।

सन् २०१८ को पाकिस्तानी आम निर्वाचन अघि आफ्नो नाम नै किताबको नाम बनाएर ‘रेहम खान’ आत्मकथा प्रकाशित गरिन् रेहमले । यो आत्मकथामा उनले इमरानसँगको १० महिने वैवाहिक जीवनबारे गहिराईमा लेखेकी छन् । आत्मकथाले इमरानको राजनीतिक भविष्य प्रभावित गर्ने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । इमरानको पार्टी पिटिआइ त्यो निर्वाचनमा पाकिस्तानको सबैभन्दा ठूलो बन्न पुग्यो । इमरान पाकिस्तानको प्रधानमन्त्री भई छाडे ।

किताबमा रेहमले इमरानबारे रोचक तथ्यहरु उजागर गरेकी छन् ।

भ्रष्ट
रेगमको आरोप छ– इमरान सित्तै पाए अलकत्रा खाने स्वभावका थिए । खाद्यान्न, तरकारी तथा घरेलु प्रयोगका सामानमा कन्चो खर्च गर्दैनथे । आफ्ना फेन वा प्रभावमा पार्न सक्ने व्यक्तिहरुबाट उपहार लिन मज्जा मान्थे । उनी शक्तिशाली राजनीतिज्ञहरुको नजिक रहन मन पराउँथे । राजनीतिज्ञहरुको शक्तिको दुरुपयोग गर्दथे । जहाँगिर तरिन र तारिक फजल चौधरीले सित्तैमा उनका लागि धेरै चिज आपूर्ति गर्दिन्थे ।

पर्दा र कार्पेटका लागि इमरानले पैसा नदिँदा रेहमले आफ्नै पैसा खर्चिन पर्थ्यो । इमरानले काठ ठेकेदारलाई धम्क्याएर सित्तैमा घरको झ्याल, ढोकाका लागि काठ प्राप्त गर्न रेहमलाई सल्लाह दिएका थिए । उनीमाथि पार्टीभित्र आर्थिक पारदर्शिता कायम नगरेको, नातावाद, कृपावाद चलाएको, अधिनायकवादी शैली अपनाएको आरोप बारम्बार लाग्थ्यो ।

पुस्तकमा रेहमको प्रश्न छ- यस्तो लोभी, अपारदर्शी र अरुको सित्तैमा खान पाउदा गौरवको अनुभूति गर्ने मान्छेले देशलाई के सुशासन देला ?

लागू औषध दूर्व्यसनी
रेहमले इमरानलाई लागू औषधी दूर्व्यसनी भनेकी छन् । उनले इमरानलाई बाथरुममा कोकिन सुङ्दै गरेको अवस्थामा बारम्बार भेटेको लेखेकी छन् । इमरान हिरोइनको उत्तिकै आदती भएको रेहमको दाबी छ । रेहमले लेखे अनुसार त्यो बेला उनले मानसिक तनाव कम गर्ने विभिन्न औषधीहरु खाने गर्दथे । इमरान अधिकांश आफुले भनेका वचन बिर्सन्थे । सम्झाउँदा झडङ्ग रिसाउँथे ।

यौन इन्काउन्टर
इमरानको एकसाथ अनेक केटीहरुसँग चक्कर चलिरहेको हुन्थ्यो । उनी प्रेम र यौन सम्बन्धबारे कुनै नैतिक भावना कहिल्यै अनुभूत गर्दैनथे । उनको बेडरुमको छेउमा सधै सिगारको बट्टा र केवाइ जेलीको ट्युब हुन्थ्यो । पिटिआईका कयौं महिला नेतृहरु इमरानको यौन दुर्व्यवहारको शिकार हुन्थे । तीमध्ये धेरैले सार्वजनिकरुपमा मुख खोल्दैनथे तर एकआपसमा गुनासो गर्थे । कतिपय पार्टी कार्यकर्तालाई उनले यौन दुर्व्यवहारको पोल खोलेबापत् पार्टीबाट कार्वाही गरेको रेहमको दाबी छ । रेहमले उज्मा करर्दानी र अल्दालिभ अब्बासको नाम नै उल्लेख गरेकी छन् ।

अवैध सन्तान
रेहमले इमरानका ५ बढी अवैध सन्तान रहेको उल्लेख गरेकी छन् । त्यस्ता सन्तान भारतीय महिलाबाट भएका र राष्ट्रियताको समस्याले उनीहरु पिता दाबी गर्न नआएको लेखेकी छन् । तेरिन नामकी एक महिला र उनीबाट जन्मिएकी छोरी सीताको उनले नाम नै उल्लेख गरेकी छन् ।

इमरान र जेमिमाको बिहे ९ बर्ष टिकेको थियो । जेमिमाबाट सुलेमान र कासिम जन्मिए । इमरानमा जेमिमासंग बिहे गरेबापत् पश्चातापको भावना थियो । इमरान जेमिमासँग शारीरिक दुर्व्यवहारसम्म गर्थे । उनले एकपटक जेमिमाको हात भाँचिदिएका थिए । उमेर नपुगेकी एक किशोरीसंग यौनव्यवहारपछि इमरानले गर्भपतन गर्न लगाएको समेत रेहमको दाबी छ । रेहमले इमरान डान्सबार र नाइट क्लबमा समलिङी सम्बन्धमा समेत लहसिने गरेको रेहमको आरोप छ ।

प्रायोजित प्रचार
रेहमले इमरानले प्रयोजित प्रचारमा खुबै ध्यान दिने गरेको आरोप लगाएकी छन् । इमरानले पाकिस्तानका कर्पोरेट मिडिया हाउससँग नजिकको सम्बन्ध बनाउँथे । त्यसमार्फत् प्रायोजित इमेज बिल्डिङ गर्ने गर्थे । उनलाई फासिष्ट प्रोपागण्डा नीतिप्रति ठूलो विश्वास थियो ।

इमरान, जोहन्सन र ट्रम्पको तुलना
बोरिस जोहन्सन बेलायतको प्रधानमन्त्री भएपछि रेहमले इमरान, जोन्सन र ट्रम्पको तुलना गर्दै लेख लेखेकी छन् । त्यसमा उनी भन्छिन्, ‘केही हप्ता अघि केही पुराना साथीहरुले मलाई इमारान खान र बोरिस जोहन्सन बीचको समानताबारे एक लेख लेख्न सुझाएका थिए । मैले हाँस्दै इमरान जोन्सनभन्दा बढी ट्रम्पजस्तो छ भनेकी थिए ।’

तर जब मैले जोन्सनबारे पढे, ट्रम्पभन्दा बढी इमरानका समानता त जोहन्सनसंग पो रहेछन् । जोहन्सनले ५ भन्दा बढी महिलासंग गैरवैवाहिक सम्बन्ध राखेका छन् । कम्तीमा २ नोकर्नीहरुलाई पेट बोकाएर छोडेका रहेछन् । विदेश सचिवका रुपमा बोरिसको कुटनीतिक असफलताबारे मलाई थाहा थियो । तर उनको व्यक्तिगत जीवनबारे न चासो थियो न जानकारी ।

इमरान, जोहन्सन र ट्रम्प– तीनैजना आप्रवासीका सन्तान हुन् । फरक जातीय तथा सांस्कृतिक समुदायका महिलासंग विवाह गरेका छन् तर राजनीतिज्ञका रुपमा आप्रवासी र शरणार्थीप्रति सबैभन्दा असहिष्णु छन् । नश्लवादी छन् ।

जोहन्सकनको जिजुबाजे तुर्क मुस्लिम थिए । उनीकी आमा यहुदी थिइन् । जोन्हसनको आफ्नै राष्ट्रियता द्वैध चरित्रको छ । तर उनले ब्रेक्जिटमा जुन भूमिका गरे त्यो आप्रवासी र शरणार्थीप्रतिको घृणमा आधारित थियो । कमैलाई यो थाहा होला कि जोहन्सनकी दोस्री पत्नी पाकिस्तानी शहर सर्गोदाबाट आएकी शिख हुन् । जोहन्सनका ४ सन्तान उनीबाट जन्मेका छन् ।

इमारानको परिवार भारत–पाक विभाजनपछि भारतबाट पाकिस्तान आएको आप्रवासी थियो ।

ट्रम्पका हजुरबा हजुरआमा जर्मन आप्रवासी थिए । उनकी आमा घरेलु कामदारको रुपमा अमेरिका आएकी स्कटिस थिइन् । उनीकी पहिली पत्नी इभाना चेक थिइन् । ट्रम्पकी अहिलेकी पत्नी मेलानिया स्लोभेनियन हुन् ।

यी तीनजना मान्छेको सेलिब्रेटी हैसियत उनीहरुको भद्दा नादानी, अहंकार, आत्मकेन्द्रित सोच र यौनजनित ग्लेमर व्यक्तित्वबाट बनेको हो ।
अन्त्यमा रेहम प्रश्न गर्छिन्– अहिलेको दुनियाँ किन यस्तै चरित्रहीन र लम्पट मान्छेहरुको सतही व्यक्तित्वबाट प्रभावित हुन्छ ? बुझ्न सकेकी छैन मैले ।

-एजेन्सीहरुको सहयोगमा

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage