scheduleबुधवार फाल्गुन १४ गते, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारी सूचना कक्ष राखिने

काठमाडाैं, १३ असोज ।  राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने कामदारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा सूचना कक्ष राख्ने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जाँदा युवाले विभिन्न किसिमको अप्ठ्यारा खेप्नु परेकाले यी सबै विषयमा अन्तिम समयमा जानकारी गराउने उद्देश्यले कक्ष सञ्चालन गर्ने तयारी गरेको हो ।

युवामा वैदेशिक रोजगारीमा जाँदा ती देशको कानुनको विषयमा जानकारी नहुने, अप्ठ्यारो परेको अवस्थामा कहाँ जाने भन्ने जानकारी नहुँदा समस्या हुने गरेकाले सूचना कक्षबाट जानकारी दिने तयारी गरिएको आयोगका सदस्य सुदिप पाठकले  बताए । वैदेशिक रोजगारीमा जानुअघि आवश्यक जानकारीको अभावले अहिलेपनि खाडी मूलुक जाने युवाले समस्या झेलिरहेको आयोगको तर्क छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय