scheduleमगलवार आश्विन २८ गते, २०७६

करोडौं रकम कीर्ते र ठगी गरि फरार रहेका ठाकुर पक्राउ

जनकपुरधाम, १३ असोज । सिटिईभिटिको चेक चोरी गरी कीर्ते र ठगीको आरोपमा फरार रहेका एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालका अनुसार जिल्ला महोत्तरी गाउँपालिका महोत्तरी वडा नं. १ स्थायी ठेगाना भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा बस्दै आएका ४२ वर्षका प्रविण कुमार ठाकुरलाई पक्राउ गरिएको हो ।

धनुषा प्रहरीले विशेष सुचनाको आधारमा नेपाल भारतको नाकामा पर्ने धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. ३, तुलसियाहीमा लुकी छीपी भारतबाट आइरहेको अवस्थामा पक्राउ गरेको हो ।

ठाकुरले विभिन्न मितिमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नं. २ अन्तर्गत सञ्चालित वि.पि. मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूट लक्ष्मीनिया ४ सपही धनुषाका कार्यालयको चेकहरु चोरी गरी उक्त कार्यालयका लेखापाल सन्तोष कुमार यादवको सही किर्ते गरी फरक फरक व्यक्तिहरुको नाममा चेक काटी विभिन्न बैंकहरुबाट झन्डै ६२ करोड ५६ हजार ९ सय नगद निकालेको जनाइएको छ । आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage