scheduleसोमवार मंसिर २ गते, २०७६

अलपत्र परेका दशजना बालबालिकाको उद्दार

फाइल फोटो

हुम्ला, १३ असोज ।  काठमाडौंमा रहेको एक बालगृहमा अलपत्र परेका दश जना बालबालिकालाई उद्दार गरिएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले ती बालबालिकालाई उद्दार गरी परिवारको जिम्मा लगाइएको छ ।

काठमाडाैंको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलि स्थित सौडोल महिला समाज नामक संस्थामा जोखिम अवस्थामा रहेका बालबालिकालाई उद्दार गरिएको हिमालि नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए । उद्दार गरिएका चार जना बालक र पाँज जना बालिका रहेका छन् ।

९ जनाको उद्दार गरिएकोमा २ जना काठमाडाैंमै आफन्तको जिम्मा लगाइएको र ८ जना बालबालिका मध्ये १ जना बालिकालाई यस अघि उद्दार गरि हिजो परिवारको जिम्मा लगाइएको छ । अन्य ७ जनाको तत्काल उद्दार गरि आजै घर परिवार संग मिलन गरिएको कार्यकारि निर्देशक लामाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी बिनिता भटटराई, सर्केगाड गाँउपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका जनप्रतिनिध र अभिभावकको उपस्थितमा ती बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage