scheduleमगलवार आश्विन २८ गते, २०७६

चेक चोरेर झण्डै २ करोड निकाल्ने प्राविधिक पक्राउ

काठमाडौं, १३ असोज । प्रहरीले कार्यालयको चेक चोरेर किर्ते गरी झण्डै २ करोड रकम निकाल्ने १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयका प्राविधिक प्रवीणकुमार ठाकुर रहेका छन् । ठाकुरले बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकालेको प्रहरीको भनाइ छ ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट आरोपित प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरले परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी विभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेका थिए ।

बयालिस वर्षीय ठाकुर परिषदमा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत छन् । उनी महोतरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीले ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९ सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार रकम निकालेका थिए ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage