scheduleशुक्रवार फाल्गुन ९ गते, २०७६

खोलामा बस खस्दा चालकसहित २ जनाको मृत्यु

रोल्पा, १३ असोज । पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाले ज्यान गुमाएका छन् ।

सोमबार दिउँसो आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्।

सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ। घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका छन्। खोलाको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ। पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाई भइरहेको छ।

मृतक दुबैजनाको शव निकालिको छ । बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय