scheduleबुधवार आश्विन २९ गते, २०७६

मूल्य तोकिएपछि सरकारले सुरु गर्‍यो खसीबोका बिक्री

फाइल फोटो

काठमाडौं, १३ असोज । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि बिक्रीवितरण सुरु गरेको छ ।

सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको बिक्री वितरण सुरु गरेको हो । खसी,बोकाको प्रतिकेजी ५५० र च्याङग्राको प्रतिकेजी ७३० रुपैयाँ मूल्यमा विक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

हाल बजारमा जीउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । विभागले सरकारले सुपथ मूल्यमा विक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि बिक्रीमा राखेको छ । २ हजारवटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा विक्री वितरण गर्ने सरकारको तयारी छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage