scheduleसोमवार जेष्ठ १२ गते, २०७७

जुवाखालवाटै समातिए १२ जना

भोजपुर, १३ असोज ।  प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भोजपुरको षडानन्द नगरपालिका –१ बाट विषेश सुराकीको आधारमा पक्राउ गरेको हो । उनिहरुको साथबाट १६ थान कौडा र खालबाट ३७ हजार चार सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी २८ वर्षीय एकराज कार्की, ५५ वर्षीय सिताराम कार्की, २४ वर्षीय दिपबहादुर खत्री,२५ वर्षीय रविन कार्की र १५ वर्षीय पुजन कार्की रहेका छन् । त्यस्तै १९ वर्षीय रिजन कार्की, ५० वर्षीय मानबहादुर लुइटेल, २३ वर्षीय भिमराज राई, ३३ वर्षीय मोहन राई, २० वर्षीय सुरेन्द्र कार्की, २८ वर्षीय बुद्ध राई, ३५ वर्षीय राजेन्द्र राई  रहेका छन्  ।

Dish_Home

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय