scheduleमगलवार आश्विन २८ गते, २०७६

रेणु दाहाललाई अपमान गर्नेमाथि कारबाही गर्नुपर्ने नेकपा चितवनको माग

काठमाडौं, १३ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी चितवनले सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अपमान गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

मेयर दाहाल अपमानित हुने गरी सामाजिक सञ्जालमा विभिन्न सामग्री प्रसारण गरिएको र त्यस्ता सामग्री पोष्ट गर्नेलाई तत्काल कारबाही गर्न नेकपा चितवनको माग छ ।

दाहालको तस्बिर बिगारी प्रसारण गर्ने, अशिष्ट र अभद्र शब्दहरु राखी स्ट्याटसहरु लेख्ने, जीउज्यानको धम्की दिने जस्ता कार्य श्रृंखलाबद्ध रुपमा भइरहेको भन्दै यसले पार्टीलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार नेकपा चितवनले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति आपत्ति समेत जनाएको छ । विज्ञप्तिमा पार्टीले यसप्रकारको अमानविय, अराजक, अपराधजन्य कार्यगर्ने अराजकहरुको खोजी गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग पनि गरेको छ ।

शनिबार ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएलगत्तै सामाजिक सञ्जालमा रेणु दाहाललाई अश्लील गाली गर्दै विभिन्न पोष्ट भएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage