scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

तेलको धारोले यसरी बदलियो विश्वको बाटो


काठमाडौं, १४ असोज । सन् १८५९, २७ अगस्टको कुरा हो । अमेरिकी व्यापारी एडविन ड्रेकलाई एक सन्देश मिल्यो, जसलाई पढेपछि उनले आफ्नो रिस काबुमा राख्न सकेनन् । सन्देशमा लेखिएको थियो- ‘आफ्नो ऋण तिर, पराजय स्वीकार र घर जाऊ ।’

ड्रेक ‘रक आयल’ अर्थात् हाइड्रोकार्बनको बाहुल्यता रहेको कालो तेल खोजी रहेका थिए । यो एकप्रकारको खैरो रंगको कच्चा तेल हो । पश्चिमी पेन्सिलभेनियाको जमिनमा उक्त तेलको संकेत देखिएको थियो ।

ड्रेकको उद्देश्य उक्त रक आयलबाट मट्टितेल निकाल्नु थियो । उक्त तेलबाट बत्ती बाल्न सकिने उनको विश्वास थियो ।

त्यतिबेला बत्ती बाल्नको लागि ह्वेलबाट निकालिने तेल प्रयोग हुन्थ्यो, जुन बिस्तारै-बिस्तारै महंगो हुँदै गइरहेको थियो ।

यद्यपि, सन्देश पाएको केही समय पहिला नै एक ठाउँमा खन्ने क्रममा तेल भेटिएको थियो र जब उक्त तेल बाहिर आयो तब त्यसको दबाब यस्तो थियो कि जमिनबाट २१ मिटरको उचाई बनाएर त्यसको फोहरा निस्किएको थियो ।

उक्त घटनाले व्हेल माछाको जिन्दगी मात्रै बचाएन, संसार परिवर्तनको नयाँ श्रृंखला समेत सुरु गर्‍यो ।

तेल पत्ता लगाएको एक वर्षपछि …
ड्रेकले जुन स्थानमा तेल फेला पारेका थिए, त्यसको केही किलोमिटर दक्षिणमा घटेको एउटा घटनाले आउँदा दिनहरुमा के हुँदैछ भनेर त्यति बेला नै संकेत दिइसकेको थियो ।

न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार १८६४ मा पेन्सिलभेनियाको पिटहोल शहरमा जब तेलको खोजी भएको थियो, त्यतिबेला त्यहाँ दर्जनौं उद्योग आसपास ५० मानिस पनि बस्दैनथे ।

तर, तेलको खोजी भएको वर्षभरीमै पिटहोल शहरमा दश हजार मानिस बस्न थाले । ५० होटल, देशकै व्यस्तमध्येको एक हुलाक कार्यालय, दुई टेलिग्राम सेन्टर र दर्जनौं वेश्यालयहरु खुले ।

फलस्वरुप, त्यहाँ केही मानिस धनी भए । तर, पिटहोल शहरले एउटा राम्रो अर्थव्यवस्थाको दोस्रो महत्वपूर्ण शर्त पूरा गर्न सक्दैनथ्यो । नतिजामा पिटहोलको शरगर्मी एक वर्षभित्रै सेलायो ।

पिटहोलमा तेलमा निर्भर अर्थव्यवस्था टिक्न सकेन तर तेलको लागि मानिसको तिर्खा भने अझ बढ्दै गयो ।

विश्वको ऊर्जा आवश्यकता
बिस्तारै सारा विश्व आजको अवस्थामा आएको हो । अहिले विश्वको अर्थतन्त्र तेलमा आधारित छ । तेलले नै विश्व ऊर्जा आवश्यकताको एक तिहाई माग पूरा गर्छ । यो दर कोइलाको भन्दा बढी हो भने परमाणु, जलविद्युत र गैरपरम्परागत ऊर्जा स्रोतको संयुक्त क्षमताको दुई गुणा हो ।

तेल र ग्यासबाट निकालिने बिजुलीले नै आवश्यकताको एक चौथाई माग पूरा गर्छ । यति मात्र होइन, यसले प्लास्टिकजन्य उत्पादनका लागि कच्चा पदार्थको आवश्यकता पनि पूरा गर्छ ।

यस बाहेक यातायात क्षेत्र पनि थियो । एडविन ड्रेकलाई लागेको- थियो ग्यासोलिन कसले किन्ला ? तर कम्बस्टन इन्जिन विकाससँगै उनको यो चिन्ता समेत हल भयो ।

अहिले कारदेखि ट्रक, मालवाहक जहाजदेखि जेट विमानसम्म सबै साधनमा तेल नै प्रयोग हुन्छ । अर्थात् तेलले नै आजको विश्व चलाइरहेको छ भन्दा फरक पर्दैन । संसारमा सबैभन्दा बढी पैसा नै तेल किन्नमा खर्च हुन्छ भन्दा  कुनै आश्चर्य मान्नु पर्दैन ।

सन् १९७३ मा जब केही अरब देशहरुले केही समृद्ध देशलाई तेलको बिक्रीमा रोक लगाउने घोषणा गरेका थिए, त्यतिबेला केवल ६ महिनाभित्र तेलको मूल्य प्रति ब्यारेल ३ डलरबाट १२ डलर पुगेको थियो ।

उक्त घटनापछि संसारभर आर्थिक मन्दीको अवस्था देखियो । सन् १९७८, १९९० र २००१ मा तेलको मूल्य बढेपछि अमेरिकामा मन्दी देखिएको थियो ।

कतिपय अर्थशास्त्रीले तेलको मूल्य बढेकै कारणले सन् २००८ मा विश्वभरी आर्थिक मन्दी भएको थियो भनेर दाबी गर्छन् । यद्यपि, आर्थिक मन्दीको पछाडि वित्तीय संकटको समेत हात थियो ।

जब तेलको मूल्य बढ्छ, अर्थव्यवस्थाले समेत त्यही बाटो पछ्याउँछ ।

तर यो पनि प्रश्न उठ्छ-  हामी तेलमा नै यति धेरै किन निर्भर भएका छौ‌ं ? तेलको इतिहासमाथि डेनियल येरगिनको किताब ‘द प्राइज’को सुरुवात विन्स्टन चर्चिलको एक द्विविधाबाट हुन्छ ।

सन् १९११ मा चर्चिललाई शाही सेना (युनाइटेड कि‌ंगडमको शाही नौसेना) को प्रमुखमा नियुक्त गरिएको थियो ।

सुरुमा बेलायती साम्राज्यले वेल्स कोइला, सुरक्षित मूल वा टाढा रहेको अहिलेको इरानको तेलबाट चल्ने नयाँ युद्धपोतसँग विस्तारवादी जर्मनीले दिएको चुनौतीको सामना गर्न सक्छ कि सक्दैन भन्ने बहस समेत भएको थियो । यस्तो असुरक्षित स्रोतमाथि मानिसले भरोसा गर्लान त ? सो प्रश्नले सबैलाई सताएको थियो । किनकी तेलबाट चल्ने युद्धपोत हतारमा बनाइएको थियो र इन्धनबाट चल्ने भएकोले यसमा कम मात्रै मानिसको आवश्यकता हुन्थ्यो । साथै, युद्धपोतमा हतियार र गोलाबारुद राख्नका लागि अधिक क्षमता थियो ।

तेल कोइलाभन्दा उत्तम इन्धन थियो

अप्रिल १९१२ मा चर्चिलको निर्णयले त्यही तर्कलाई प्रतिबिम्बित गर्छ- तेलमाथि हाम्रो निर्भरता छ र त्यसैले यसले विश्व राजनीतिको आकार नै बदल्न सक्छ ।

चर्चिलको फैसलापछि ब्रिटिश कोषले बिपी (मुख्यरुपमा ब्रिटिश पेट्रोलियम)को पूर्ववर्ती एंग्लो-फारसी तेल कम्पनी (बेलायत र इरान मिलेर चलाइएको तेल कम्पनी) बढी शेयर किनेको थियो ।

सन् १९५१ मा इरान सरकारले तेल कम्पनीको राष्ट्रियकरण गर्‍यो । अंग्रेजहरुले विरोध गर्दै भने, ‘यो हाम्रो कम्पनी हो ।’ इरानीहरुले जवाफ दिए, ‘यो हाम्रो तेल हो ।’ पछिल्ला दशकहरुमा पूरै विश्वले यही तर्क दोहोर्‍यायो ।

तेलको क्षेत्रमा केही देशहरुले असाध्यै राम्रो गरे । साउदी अरब पृथ्वीमा सबैभन्दा धनी देशमध्ये एक हो । यसको प्रमुख देन साउदीमा रहेको विशाल तेल भण्डारलाई नै  दिनुपर्छ ।

साउदी अरबको सरकारी तेल कम्पनीसँग एप्पल, गुगल वा अमेजनसँग भन्दा बढी सम्पत्ति छ । साउदी अरबको अमार्को तेल कम्पनी संसारकै सबैभन्दा बढी फाइदामा रहेको तेल कम्पनी हो जसलाई हालसालै ड्रोन हमलाको निशाना बनाइएको थियो । यस घटनाका कारण तेलको मूल्यले आकाश छुन सक्ने अनुमान पनि गर्न थालिएको छ ।

यद्यपि, कुनै पनि देश जापान वा जर्मनीजस्तै साउदी अरबको परिष्कृत अर्थव्यवस्थालाई लिएर भ्रमित हुँदैनन् । सायद यो एक मात्रामा पिटोलभन्दा धेरै हो ।

इराकदेखि ईरान र भेनेजुयलादेखि नाइजेरियासम्म हेर्ने हो भने तेलका कारण विकसित देशले यसको खोजका लागि धन्यवाद दिएका थिए । तर अर्थशास्त्री यसलाई ‘तेल अभिशाप’ भन्छन् ।

यसमाथि १९६० को दशकको सुरुमा भेनेजुयलाका पेट्रोलियम मन्त्री जुआन पाब्लो पेरेज अल्फोंजोको एकदमै स्पष्ट जवाफ थियो । उनले १९७५ मा यसलाई ‘यो शैतानको मलमुत्र हो’ भनेका थिए र उनले थपेका थिए, ‘हामी शैतानको मलमुत्रमा डुबिरहेका छौं ।’

तेलको अत्यधिक समस्या किन छ ?

तेल निर्यात गर्दा निर्यात गर्ने देशको मुद्राको मूल्य बढ्न जान्छ र योसँगै उक्त देशमा उत्पादन गर्नका लागि चाहिने अन्य वस्तु महंगो बन्न जान्छ ।

यसको अर्थ हो, विनिर्माण वा जटिल सेवा उद्योगलाई विकसित गर्न गाह्रो हुनसक्छ । इतिहासमा हेर्ने हो भने कयौं राजनेताहरुले आफ्नो र आफ्ना सहयोगीहरुका लागि आफ्नो देशको तेलमाथि एकाधिकार गर्ने प्रयास गरेका छन् । तानाशाही प्रवृत्ति असामान्य होइन । पैसा केही कुराको लागि हो तर यसले अर्थव्यवस्था कमजोर हुन्छ ।

यही कारण हो हामी तेलको सट्टा अरु नै केही चिज प्रयोग गर्ने अपेक्षा गर्छौं । जलवायु परिवर्तन स्पष्टरुपमा एउटा अर्को समस्या हो ।

तर, तेलले अहिलेसम्म ब्याट्रीको स्थान लिएको छ किनभने मेशिनका लागि यसले दिने ऊर्जा राम्रो र सुविधाजनक मानिन्छ ।

एक किलो ग्यासोलिनले लिकाल्ने ऊर्जा ६० किलोग्राम ब्याट्रीले निकाल्ने ऊर्जा  बराबर हुन्छ । उपयोगपछि तेल हराउने गर्छ र यो तेलको अर्को विशेषता हो । तर उपयोगपछि ब्याट्री रहन्छ ।

त्यस्तै इलेक्ट्रिक कार समेत ब्याट्रीबाट लामो समय चल्न सक्दैन । इलेक्ट्रिक जम्बो जेट चलाउने कुरा झन चुनौतीपूर्ण छ ।

तेलको मूल्य नियन्त्रणभन्दा बाहिर जान्छ भनेर कुनै समय सोच्ने गरिन्थ्यो । यसलाई ‘पिक आयल’ समेत भनिन्थ्यो । यसैले गर्दा तेलको मूल्य बढाएको थियो र मानवलाई स्वच्छ र नवीकरणीय अर्थव्यवस्थातर्फ बढ्न प्रेरणा दिएको थियो ।

तर अहिलेसम्म पत्ता लागेको तेल भण्डारको तुलनामा यसको खपत दर बढी नै देखिन्छ । हाइड्रोलिक फ्र्याक्चरिङ वा ‘फ्राकिङ’को तीव्र विकासका कारण यस्तो भएको हो । ‘फ्राकिङ’ एउटा यस्तो विवादास्पद प्रक्रिया हो जसबाट पानी, धातु र रसायनको उच्च दबाबमार्फत् जमीनमुनिबाट तेल र ग्यास निकालिन्छ ।

‘फ्राकिङ’ के हो र यसको विरोध किन भइरहेको छ ?

‘फ्राकिङ’ पारम्परिक तेलको खोज र उत्पादनको तुलनामा सहज प्रक्रिया हो । यो  एउटा मानकीकृत प्रक्रिया हो जसबाट तीव्र गतिमा उत्पादकत्वको लाभ प्राप्त हुन्छ । मूल्य सही छ/छैन भनेर यो प्रक्रिया सुरु हुन्छ र रोकिन्छ ।

कयौं आलोचकहरुले यसबाट हुने सम्भावित दीर्घकालीन पर्यावरणीय परिणामलाई लिएर आशंक व्यक्त गरेका छन् ।

यद्यपि, अमेरिकाको पश्चिमी टेक्सासमा रहेका पर्मियन बेसिनका  प्रमुख फ्रेकिङ उद्योग अर्थात् चट्टानबाट तेल उत्खनन् गर्ने उद्योगले पहिलादेखि नै साउदी अरब र इराकसहित पेट्रोलियम निर्यातक देशहरु (ओपेक) संगठनका १४ सदस्यहरुले भन्दा बढी तेल उत्खनन् गर्छ ।

(बीबीसीका लागि  टिम हरफोर्डले तयार पारेको सामग्रीको भावानुवाद)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage