scheduleआइतवार फाल्गुन ४ गते, २०७६

सत्र वर्षदेखि फरार रहेका एक व्यक्तिलाई ड्रोनको सहायताले पक्राउ

काठमाडौँ, १४ असोज । सत्र वर्षदेखि फरार रहेका एक व्यक्तिलाई चिनियाँ प्रहरीले ड्रोनको सहायताले एउटा गुफाबाट पक्राउ गर्न सफल भएको छ। सन् २००२ मा उनी जेलबाट फरार रहेका थिए ।

एउटा कैदी महिला तथा बालबालिका बेचबिखनको अभियोगमा ६३ वर्षीय सोङ जियाङले जेल सजाय भएको थियो ।

लामो समयदेखि प्रहरीलाई छलेर उनी मानव गतिविधि नहुने एउटा गुफाभित्र लुक्दै आइरहेका थिए ।

उनलाई चौतर्फी खोजेको प्रहरीले आफ्नो विच्याट खातामा सेप्टेम्बरको शुरूतिर केही सुराक पाएको बताएको थियो ।

त्यो सूचनाले प्रहरीलाई दक्षिण(पश्चिमी चीनको युनान प्रान्तस्थित सोङको घरपछाडि रहेको पहाडसम्म पुर्‍यायो।

नियमित खोजी प्रक्रियाबाट उनलाई भेट्टाउन विफल भएपछि अधिकारीहरूले अतिरिक्त ड्रोनहरू पठाए। अन्ततः ड्रोनको सहायतले प्रहरीले उनलाई समाउन सफल भयो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय