scheduleमगलवार आश्विन २८ गते, २०७६

एसियाली च्याम्पियनसिपमा दुई रजत जितेकी रजनीलाई राजेशबाबुको सम्मान

काठमाडौं, १४ असोज । इन्डोनेसियाको बाताममा जारी एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा ऐतिहासिक रजतसहित दुई पदक जितेकी नेपाली खेलाडी रजनी श्रेष्ठलाई कदरसहित नगद पुरस्कार दिइने भएको छ ।

प्रतियोगिता दौरान एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको साधारणसभाका लागि बाताम पुगेका नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजनीले दुई फरक विधामा गरी रजत र कास्य पदक जितेको जानकारी दिँदै उनलाई नगदसहित सम्मान र कदर गरिने जानकारी दिए ।

‘मेरो व्यक्तिगत तर्फबाट पदक विजेता रजनी श्रेष्ठलाई एक लाख ५० हजारले सम्मान र कदर गर्ने निर्णय गरेको छु,’ उनले साझापोस्टलाई जानकारी दिए ।

शनिबार सम्पन्‍न साधारणसभाबाट एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको उपाध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका श्रेष्ठका अनुसार रजनीले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको प्रतिस्पर्धामा कास्य पदक जितेकी छिन्।

‘बधाई छ रजनी, तिमीले देश र हाम्रो संघलाई गौरवान्वित पारेकी छौ,’ उनले भने, ‘यस्ता प्रतिभालाई हामी सबैले सम्मान र कदर गर्नुपर्छ ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage