scheduleमगलवार आश्विन २८ गते, २०७६

तलव निकासा गर्ने सहमतिपछि शिक्षकहरुको आन्दोनलन स्थगित

रौतहट, १४ असोज । रौतहटको फतुवा विजयपुर नगरपालिकाका आन्दोलित शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । तलव निकासाको माग गर्दै झन्डै १५ दिनदेखि फतुवा विजयपुर नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक शान्तिपूर्ण आन्दोलनमा थिए ।

असारदेखि तलव खान नपाएको भन्दै शिक्षक आन्दोलनमा उत्रिएका थिए । शिक्षक र नगर कार्यपालिका समितिबीच तलव निकासा गर्ने सहमति भएपछि शिक्षकले हालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

बैठकमा नगर प्रमुख गोपाल यादवले यहि असोज २७ गते भित्रमा आन्दोलनरत शिक्षकहरुको तलव निकासा गर्ने आश्वासन दिएपछि आफुहरु तत्कालको लागि आन्दोलनको कार्यक्रम स्थगित गरेको शिक्षक सुबोध यादवले बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage