scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

सभामुख महरामाथि आरोप लगाउने महिलाको फेसबुक पछ्याउँदा

काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाहीको फेसबुक पछ्याउँदै जाँदा उनी तत्कालीन माओवादी, नेकपा अध्यक्ष प्रचण्ड, प्रचण्डको परिवारप्रति अति नै नकारात्मक रहेको देखिएको छ । उनले केही समयदेखि यस्ता पोष्ट गर्ने र अरुका पोष्टहरु शेयर गर्ने गरेको देखिएको छ ।

सभामुख महरामाथिको आरोप लगाउने रोशनी शाहीले समाचार सार्वजनिक भएपछि हिजो राती नै अन्नपूर्ण पोष्टको अनलाइनमा महराको निजी सचिवालयबाट आएको खण्डनको समाचार शेयर गर्दै त्यसको प्रतिवाद गरेकी छिन् । उनले समाचार शेयर गर्दै लेखेकी छिन् – “आरोप हैन सत्यता हो डिल्लि मल्लको सभामुख बचाउ बिज्ञप्ति झुठा हुन् भाँचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुठो खुराफाति कुरा नगर्नु अझ बढि खाल्डो खनिएला होस गर्नु ।”

उनले हिजो नै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालप्रति लक्षित युट्युब भिडियो पनि शेयर गरेकी छिन् । “मेयर रेनु दाहालले भ्रष्टाचार गरेको उपमेयरको आरोप | Renu Dahal – Parbati Shah Thakuri” शीर्षकमा राखिएको युट्युब भिडियो शेयर गरेकी छिन् । साथै उनले नेकपा कार्यकर्ताद्वारा चितवनमा कुटाइ खाएका ज्ञानेन्द्र शाहीका भिडियोहरु पनि शेयर गरेकी छिन् ।

केही समयदेखि रेणु दाहालको फोटोमा जथाभावि लेखेर सामाजिक सञ्जालमा पोष्ट हुने गरेको छ । उनले हिजो नै रेणु दाहालको फोटोमा “हार्दिक श्रद्धाञ्जली” लेखेर गरिएको पोष्ट पनि शेयर गरेकी छिन् ।

हिजो बिहान नै उनले रेणु दाहालप्रति लक्षित अर्को पोष्ट गरेकी रहिछन् । एभरेष्ट दैनिक अनलाइनले लेखेको “रेनु दाहालको चरित्रहत्या गर्न खोज्नेमाथि कार्वाही हुने, अनुसन्धान गर्दै प्रहरी” शीर्षकको समाचार शेयर गर्दै लेखेकी छिन् – “चारित्रिक प्रमाणपत्र त छैन यिनको के चरित्र छ र हत्या गर्नु” ।

समामुखमाथि आरोपको समाचार हिजो बेलुकातिरबाट सार्वजनिक हुन थालेको थियो । उनले हिजो विहानै लेखेकी रहिछन् – “बाघ पनि स्याल देखि डराउन थालेछ आफ्नै छोरो मार्नेले अरुलाई मार्न के भो र यिनका हातमा रगतको गन्ध आउँछ मान्छेको रगत पिएर भुँडी फुलाएर बसेकाहरु तिम्रा दिन पनि आउँदैछन् ।”

उनले सेप्टेम्बर २८ अर्थात ३ दिन अघि शनिबार राती एउटा स्टाटस लेखेकी छिन् – “छोरी चितवन बाट कराउने बाउ फेसबुक हेर्न डराउने माडिलाई मणि बनाउने सपना कता हरायो कमरेड? रुन्चे छोरिलाई चितवनमा तात्कालिन काङ्ग्रेसको काधमा चढेर मेयर बनायौ बिनालाई सेतो धोती बेरेर मन्त्रि पड्कायौ छोरोको खरानी सेलाउन नपाउदै चुनाबको प्रचारमा निस्केउ मरेको छोरोको सहानुभुतिबाट जानि नजानि जितेउ अहिले रअ को दबदबाले दिउसै तर्साउन खोजेपछि चिनियाँ रास्ट्रपति सि को छाया खोज्दै हिडेउ जब देश चलाउने हिम्मत नै छैन भने ठुला कुरा किन गर्छौ ? कहिले सिङ्गापुर बनाउने कहिले माडिलाई मणि बनाउने यस्ता अर्ध पागलहरु पहिले आफ्नो घर बनाउ नातिनिले तिघ्रा देखाउन थालिसकि सीता जि जिउ न बिउको भैसकिन् गंगा रेनु का चोथाले बेहोराले तिम्रा टोपी खस्ने दिन धेरै टाढा छैन ।”

उनका थप फेसबुक पोष्टहरु

उनको फेसबुकमा नेकपा नेताहरु शक्तिबहादुर बस्नेत, सत्या पहाडीसँगको फोटोहरु पनि देखिन्छन् ।

उनको फेसबुक हेर्दा प्रष्ट हुन्छ कि उनमा नेकपाका तत्कालीन माओवादीका नेताहरु, प्रचण्ड र परिवारका सदस्यहरुप्रति, सत्ताप्रति चरम वितृष्णा छ । सार्वजनिक भिडियोमा नै उनले भनेअनुसार महरासँग २०४७ सालदेखि नै चिनजान थियो उनको । तर उनमा अहिले तत्कालीन माओवादीप्रति, नेताहरुप्रति किन यति धेरै घृणा पलायो ? नेकपाका नेता कार्यकर्ताहरुद्वारा राजावादी भनेर जिल्ला प्रवेशमा रोक लगाइएका र चितवनमा कुटिएका ज्ञानेन्द्र शाहीका भिडियोहरु किन शेयर गरिरहेकी छिन् ? सभामुख महरासँगको पछिल्लो घटनाभन्दा बाहेक पनि अरु यस्ता घटनाहरु छन् ? पछिल्लो घटनाबाहेक उनी प्रताडित भएको अरु घटनाहरु पनि छन् ? यसका भित्री कहानी र पाटा पक्षहरु विस्तारै खुल्दै जालान् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage