scheduleसोमवार कार्तिक २५ गते, २०७६

महराले सांसद पदबाट पनि देलान् त राजीनामा ?

काठमाडौं, १४ असोज । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए । त्यसअघि नेकपाको सचिवालय बैठकले ‘महराले सभामुख र सांसद दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्छ’ भन्ने निर्णय गरेको थियो ।

तर महराले राजीनामा पत्रमा कुन पदबाट राजीनामा दिएको उल्लेख गरेनन् । सभामुखको लेटर प्याड प्रयोग गरेका कारण उनले सभामुखबाट राजीनामा दिएको त प्रष्ट हुन्छ । राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ ।

महराले पार्टीको निर्णयअनुसार सांसद पदबाट पनि राजीनामा देलान् त ?

उनका प्रेस सल्लाहकारले उल्टै भनेका छन् कि महरा सभामुख पदमै फिर्ता हुनेछन् । महराले राजीनामा पत्रमा पनि उल्लेख गरेका छन् कि उनले राजीनामा छानविन प्रक्रिया नटुंगिदासम्मका लागि हो । यस हिसाबले उनी अहिले सांसद पदबाट राजीनामा दिने मुडमा छैनन् भन्ने देखिन्छ ।

संसद सचिवालयको बुझाइमा पनि महराले सांसद पदबाट पनि नभइ सभामुख पदबाट मात्रै राजीनामा दिएका हुन् । सभामुख पदबाट दिएको राजीनामा चाहिँ सूचनापत्रमा प्रकाशित भएपछि स्वतः नै पद निलम्बन हुने सचिवालयले जनाएको छ ।

तर नेकपाका नेता सुवास नेम्वाङले महरालाई सांसदको रुपमा पार्टीले व्यवहार नगर्ने बताएका छन् । उनी पार्टीको गतिविधि, बैठकमा सहभागी हुन पाउने छैनन् भन्ने नेता नेम्वाङको भनाइ छ ।

त्यसो भए अब के होला त ?

एक, पार्टीबाट दवाव आउँछ र उनले राजीनामा दिन्छन् । त्यसपछि सांसद पद पनि रिक्त रहन्छ । त्यसपछि प्रक्रियाअनुसार उपनिर्वाचन हुन्छ ।

दुई, पार्टीले महरा पार्टीमा नरहेकोले उनलाई सांसदबाट हटाउन सूचना दिनेछन् र उनको सांसद पद रिक्त हुनेछ ।

तीन, माथिका दुबै विकल्पमा जाँदैन । पार्टी पनि चुप बस्छ, छानविन प्रक्रिया अघि बढ्छ । पछि अदालतको फैसलाअनुसार निर्णय हुनेछ ।

तर उनलाई अहिले जोगाउने मुडमा पार्टीका नेताहरु र नेकपाका नेता प्रचण्ड पनि नरहेको स्रोतहरुको भनाइ छ ।

नेकपाको सचिवालय बैठकको निर्णय भिडियोमा हेर्नुहोस्

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage