scheduleमगलवार फाल्गुन १३ गते, २०७६

रातो झण्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन : डा भट्टराई

काठमाडाैं, १५ असोज । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले रातो झण्डा ओढ्दैमा असत्य र अन्याय नटिक्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक सन्देश जारी गर्दै उक्त कुरा बताएका हुन् ।

सभामुख महरा प्रकरणतिर संकेत गर्दै उनले प्रश्न गरेका छन्, ‘सत्ता शक्ति र धनको बलमा बलात्कार/हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले त गरिरहेकै हुन्। तर अब हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो बलिदानको के अर्थ रह्ये?’

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आफ्नै कर्मचारी बलात्कारको आरोप लागेका बेला उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । महरा डा. भट्टराईका पूर्वसहकर्मी समेत हुन् ।

उनले अगाडि थपेका छन्, ‘ रातो झण्डा ओढ्दैमा असत्य र अन्याय  नटिक्ने बताउदैं यो सबैलाई चेतना भया ।’

सत्ताशक्ति र धनको बलमा बलात्कार/हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले त गरिरहेकै हुन्। तर अब हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो वलिदानको के अर्थ रह्ये? रातो झण्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन! सबैलाई चेतना भया! https://t.co/qK2f72Lp3W

— Baburam Bhattarai (@brb1954) October 1, 2019

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय