scheduleबुधवार आश्विन २९ गते, २०७६

के महराले फेरि दिए राजीनामा ?

काठमाडौं, १५ असोज । संसद सचिवालयकी कर्मचारीबाटै बलात्कारको आरोप आएपछि सभामुख पदबाट कृष्णबहादुर महराले हिजो राजीनामा दिए । आज संसद सचिवालयले त्यसको जानकारी सूचनापत्रमा प्रकाशित गरेको छ । तर महराले उपसभामुखलाई हिजो बुझाएको भनेर सार्वजनिक भएको राजीनामापत्रमा भएको भाषा भन्दा सचिवालयले उद्दरण गरेको भाषा फरक देखिएको छ । सचिवालयले उद्दरण चिन्हको प्रयोग गरेर नै सूचनापत्रमा महराको राजीनामाको सूचना प्रकाशित गरेको हुँदा महराले राजीनामापत्रमा लेखेको कुरा हुबहु नै सूचनापत्रमा प्रकाशित भएको हुनुपर्छ । तर सार्वजनिक भएको राजीनामापत्रमा भएको “छानविन प्रक्रिया नसकिँदासम्मका लागि” भन्ने कुरा सूचनापत्रमा उल्लेख छैन ।

के त्यसो भए महराले पुनः दोस्रो राजीनामापत्र पठाए त ? महराको हिजो सार्वजनिक भएको राजीनामापत्रमा “छानविन प्रक्रिया नसकिँदासम्मका लागि” भन्ने कुरा उल्लेख भएपछि त्यसको आलोचना भएको थियो ।

महराले मंगलबार दिएको राजीनामापत्रमा ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ उल्लेख थियो ।

तर, बुधबार संसद सचिवालयले प्रकाशित गरेको सूचनामा ‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

यी दुई पत्रमा ‘आजकै मितिदेखि छानबिना प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा’ र ‘आजकै मितिदेखि राजीनामा’ भन्ने फरक शब्दावली प्रयोग गरिएको छ ।

स्रोतका अनुसार महराले मंगलबार बुझाएको राजीनामामाथि उपसभामुख राईले थप कार्बाही अगाडि नबढाउने अडान लिएपछि महराले पुनः अर्को व्यहोराको पत्र पठाएका हुन् ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage