scheduleबुधवार आश्विन २९ गते, २०७६

सीको भ्रमणले आर्थिक साझेदारीको जग बसाउँछः मन्त्री ज्ञवाली

फाइल फोटो

काठमाडौं, १६ असोज । परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार साँझ काठमाडौँ फर्कंदै गर्दा मन्त्री ज्ञवालीले विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिंगपीगको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका हुन् । उनले नेपालले छिमेकी राष्ट्रको बिकाश सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए ।

भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि उनले बताए । मन्त्रि ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग-रसुवा काठमाडौँ रेलमार्ग हुने बताए । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने उनले बताए ।

यस्तै, मन्त्री ज्ञवालीले न्यूयोर्कमा भएको सार्क परराष्ट्र मन्त्रीस्तरिय बैठक पनि सकारात्मक भएको बताए । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रिस्तरीय बैठक बोलाएको थियो । बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कस्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका पनि परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताले संवादको थालनी गरेको बताए ।

मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालीन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो व्यक्त भएको बताए । मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए । नेपालले न्याय व्यवस्थापनमा विस्तृत शान्ति सम्झौता, नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता, नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage