scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

दशैंमा मासु खाँदा के कुरामा विचार गर्ने ?

काठमाडौँ, १६ असोज । मासुको माध्यमबाट मानिसको शरीरमा विभिन्न किसिमका रोगहरु सर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

जसका कारण दशैं मनाउँदै गर्दा वा मनाइसकेपछि बिरामी परेर अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि बढ्ने गरेको छ ।

त्यसैले पनि दशैंलाई खुसीयालीका साथ रमाएर मनाउन तथा दशैको समयमा अस्पताल भर्ना हुन नपरोस भन्नका लागि मासु खादा उचित व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।

दशैंमा मासु खाँदा के कुरामा विचार गर्ने ?

घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने ।

विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने ।

सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने ।

मासुको दैनिक प्रयोग नगर्ने ।

मासु खानेबित्तिकै आइसक्रिम, दही तथा क्रिमका परिकार नखाने ।

दैनिक व्यायाम गर्ने ।

आफू स्वस्थ नभएको महसूस भएमा माछा मासु नखाने ।

सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने ।

आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage