scheduleबुधवार आश्विन २९ गते, २०७६

बस्तीमा खस्न लागेको ढुंगा सेनाले फुटाउन सुरु गर्‍यो

फाइल फोटो

सिन्धुली, १६ असोज । सिन्धुलीमा बस्तीमा खस्न लागेको ठुलो ढुंगा सेनाले फुटाउन सुरु गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बसेरी गणेशथानको बस्ती माथि जंगलमा रहेको ठुलो ढुंगा बर्षाका कारण बस्तीमा झर्ने जोखिम बढेपछि सेना लगाएर फुटाउन सुरु गरिएको छ ।

सुनकोशी गाउँपालिका र ३ नंं.प्रदेश सरकारको पहलमा बर्द बहादुर गण सिन्धुलीले बम पड्काएर ढुंगा फुटाउन थालेको हो । बर्द बहादुर गण सिन्धुलीका क्याप्टेन सन्तोष पाण्डेको नेतृत्वमा खटिएको ३५ जना नेपाली सेनाको टोलीले हिजोदेखि ढुंगा खोप्ने काम सुरु गरेको स्थानीय दुधराज पुलामी मगरले जानकारी दिए ।

सुनकोशी गाउँपालिका–१ बसेरी गणेशथानमा २२ घरधुरी रहेका छन् । बस्ती माथी रहेको ठुलो ढुंगा बर्षाका कारण झर्ने जोखिम बढेपछि स्थानीय त्रासित भएका थिए । ढुंगाा धेरै ठुलो भएकाले फुटाउन करिव ४/५ दिन लाग्ने क्याप्टेन पाण्डेले बताए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage