scheduleआइतवार कार्तिक ३ गते, २०७६

दुर्घटनामा घाइते भट्टराईको उपचारका क्रममा मृत्यु

धनकुटा, १६ असोज । धरानमा सडक दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–६ आत्माराका गुरुप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत ३८ बर्षीय भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किराना पसलको सामान लिन को.१ ख.४६७९ नम्बरको बोलेरो पिकअप लिएर भट्टराई धरान गएका थिए । सामान लिएर धनकुटा फर्किँदा  तिब्र गतिमा आएको बा.४ ख ९२५ नम्बरको बसले तार सोर्दा उनी सोहि तारमा अल्झिएर सडकमा लडेका थिए ।

टाउकोमा गम्भीर चोट लागेका भट्टराईलाई उपचारका लागि न्यूरो अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ  ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage