scheduleशनिवार कार्तिक २ गते, २०७६

नयाँ दिल्लीका ९ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी


नयाँ दिल्ली, १६ असोज । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् ।

महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ । रासस/एएनआई

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage