scheduleसोमवार कार्तिक २५ गते, २०७६

मोदी भाषण प्रसारण नगर्दा पत्रकारको जागिर गयो


नयाँ दिल्ली, १६ असोज । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगर्दा एक पत्रकारको जागिर गएको छ । सरकारी टेलिभिजन दूरदर्शनका सहायक निर्देशक आर वासुमतिलाई सरकारले प्रधानमन्त्रीको भाषण प्रसारण नगरेको भन्दै निलम्बन गरेको हो ।

द वायरमा प्रकाशित खबरका अनुसार ३० सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नईमा आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित सिंगापुर-इन्डिया हैकथान २०१९ मा गरेको भाषण प्रशारण नगरेपछि वासुमति निलम्बनमा परेका छन् ।

वासुमति चेन्नईमा दूरदर्शनको सहायक निर्देशकको रुपमा कार्यरत थिए । उनले मोदीको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सकेका थिएनन् । भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीले उनलाई एक अक्टोबरमा एक सन्देश जारी गर्दै निलम्बन गरिएको उल्लेख गरेको छ । निलम्बनबारे प्रकाशित सूचनामा निलम्बनको कारणबारे भने खुलाइएको छैन । निलम्बन सन्देशमा भनिएको छ, ‘प्रत्यक्ष प्रसारण गर्नुपर्ने स्पष्ट निर्देशन विपरीत भाषणको प्रसारण नगरेकोले तत्कालको लागि निलम्बन गरिएको छ ।’

मोदीको उक्त कार्यक्रम प्रत्यक्ष प्रशारण नभएपछि प्रधानमन्त्री कार्यालयले कारण खोजी गरेको जनाइएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage