scheduleबुधवार आश्विन २९ गते, २०७६

समाजवादी पार्टीलाई चुनावको चटारो

काठमाडौँ, १७ असोज । समाजवादी पार्टी पछिल्लो समय उपनिर्वाचनको तयारीमा लागि परेको छ ।

कास्की क्षेत्र नं. २ बाट निर्वाचित भई पर्यटन, नागरिक उड्डयन तथा सँस्कृति मन्त्री बन रविन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनले कास्की क्षेत्र नं २ मा आउँदो मंसिरको १४ गते प्रतिनीधिसभाको उपनिर्वाचन हुने भएकाले वैकल्पिक राजनीतिक शक्ति दाबप् गरेको समाजवादी पार्टीले उम्मेदवारका बारे छलफल शुरु गरेको हो।

कास्की र पोखरा महानगर समितिको आयोजनामा उपनिर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल तथा आउदै गरेको दशै, तिहार, नेपाल सम्बत, छठ र ल्होछार समेतको शुभकामना आदान प्रदान एवम चियापान कार्यक्रममा उम्मेदवारका लागि २६ जनाको नाम प्रस्ताव भएको छ। महानगर, जिल्ला, प्रदेश, तमुवान राष्ट्रिय समिति, केन्द्रीय समितिका नेताहरुको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुले नै उक्त नामहरु प्रस्ताव गरेको समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले बताए।

अध्यक्ष गुरुङका अनुसार उपनिर्वाचनमा गणेशमान गुरुङ, डिवी नेपाली, देवीप्रसाद सुवेदी, धनप्रसाद तामाङ, सुन्दर गुरुङ, हेमबहादुर थापा, देविराज गुरुङ, हुमबहादुर गुरुङ, रामबहादुर नेपाली, पानबहादुर घर्ती, दिपक तामाङ, गिरीप्रसाद गुरुङ, टिकाराम पौडेल, धर्मराज गुरुङ, श्रीधर पौडेल, हरी बस्ताकोटी, पार्वती जिसी, श्याममाया पुन, लक्ष्मी खाती, ज्ञानु आचार्य, मृगसिंह गुरुङ, किसन विश्वकर्मा, शम्भु खाती, मधुकर न्यौपाने, कुलबहादुर भुजेल, राजु क्षेत्रीको नाम प्रस्ताव आएको छ।

तर पनि समाजवादी पार्टीले सम्बन्धित क्षेत्र कै नेताहरुलाई उम्मेदवारीमा प्राथमिकता दिइने, टुरिष्ट उम्मेदवार नबनाउने प्रदेश इञ्चार्ज गणेशमान गुरुङले बताए। पुराना पार्टीहरुका असफल भए मुलुकलाई निकास, विकास र समृद्धिका लागि बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको समाजवादी पार्टीले कास्की २ नं. मै कार्यथलो र जनतासँग घुलमिल भएको नेताहरु नै समाजवादीले उम्मेदवार बनाउने बताए।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage