scheduleमगलवार कार्तिक ५ गते, २०७६
Global IME Bank

उड्ययन प्राधिकरणलाई २ अर्ब १० करोड रुपैयाँ उठाउन समस्या


काठमाडौं, १७ असोज । नागरिक उड्ययन प्राधिकरणलाई बन्द भइसकेका र सञ्चालन नभएका एयरलाइन्सहरूले भाडा बापत्को रकम नबुझाउँदा २ अर्ब १० करोड रुपैयाँ उठ्न सकेको छैन । प्राधिकरणले विभिन्न २४ प्रकारका सेवा दिएबापत् शुल्क उठाउँदै आएको छ ।

प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक त्रिलोचन पौडेलले सञ्चालनमा रहेका एयरलाइन्सबाट भने बिस्तारै बक्यौता रकम उठीरहेको जानकारी दिए । करिब ४ महिनाअघि संसद्को सार्वजनिक लेखा समितिले बक्यौता रकम उठाउनका लागि कडा कदम चाल्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

बक्यौता रकम उठाउनका लागि आफूहरूले ३ महिनाको समय दिएको र आवश्यक परे फेरि बैठक बोलाउने लेखा समितिका सभापति भरत शाहले जानकारदी दिए । समितिले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको बक्यौता एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुलउपर गर्न निर्देशन दिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage