scheduleशनिवार कार्तिक २ गते, २०७६

प्रहरी मुख्यालय नजिकै चक्कु गरी ४ जनाको हत्या

एजेन्सी, १७ असोज । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालयबाहिर चक्कु प्रहार गरी ४ जनाको हत्या गरिएको छ ।

बिहीबार प्रहरी भवनबाहिर एकजना कर्मचारीले अन्धाधुन्द चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । चक्कु प्रहारबाट ३ प्रहरी अधिकृत र १ जना कर्मचारीको ज्यान गएको हो । गम्भीर घाइते १ जनाको उपचार भइरहेको समाचारमा जनाइएको छ ।

फ्रान्सको प्रसिद्ध पर्यटकीय स्थल नोट्र डाम कथिड्रलनजिकै उक्त घटना भएको थियो । चक्कु प्रहार गर्ने व्यक्ति मुख्यालयकै कर्मचारी भएको प्रहरीले बताएको छ । हमलाकारी ४५ वर्षका रहेको र प्रहरी कारबाहीमा परी उनको मृत्यु भएको समेत जनाइएको छ ।

फ्रान्सका प्रहरीले देशभरका अधिकारीहरूमाथि हिंसा बढिरहेको र संगठनभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि उक्त घटना भएको छ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage