scheduleशनिवार कार्तिक २ गते, २०७६

इरानका चर्चित जर्नेल कासेम सुलेमानीलाई मार्ने योजना असफल

एजेन्सी, १७ असोज । इरानी सेनाले वरिष्ट जर्नेल कासेम सुलेमानीको हत्या गर्ने योजना असफल पारेको बताएको छ ।

इरानी सेनाका १ अधिकारीले यस्तो बताएका हुन् । सेनाको इन्टेलिजेन्स प्रमुख होसेन टाइबले सेप्टेम्बर ९ र १० गते सुलेमानीको हत्या गर्ने योजना बनेको तर आफूहरुले उक्त योजना असफल पारेको बताएका हुन् । इजरालय र साउदी अरबले उक्त योजना बनाएको समेत टाइबको भनाइ छ ।

बिहीबार एक कार्यक्रममा बोल्दै सुलेमानीको हत्या गर्ने योजना केही वर्षदेखि बनेको टाइबले बताए । इरानको आन्तरिक सुरक्षा खलबलाउन नसकेपछि दुश्मनहरुले सुलेमानीलाई मार्ने योजना बनाएको समेत उनको भनाइ छ । सुलेमानीको हत्या गर्न भनेर ३ जनाको समूह इराक हुँदै इरान आएको र पछि तीनै जनालाई पक्राउ गरिएको टाइबले बताए ।

को हुन् कासेम सुलेमानी ?

सन् १९५७ मा जन्मिएका मेजर जनरल कासेम सुलेमानी निकै चर्चित सैन्य अधिकारी हुन् । उनी इरानी सेनाको प्रमुख अंग कुड्स फोर्सका कमाण्डर हुन् । सन् १९९८ देखि उक्त विभागको प्रमुख रहेका सुलेमानीले देशबाहिर हुने गोप्य सैन्य कारबाहीमा महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् ।

इराक-इरान युद्धको बेला सैन्य सेवामा प्रवेश गरेका सुलेमानी सिरिया, लेबनान, प्यालेस्टाइन र यमनमा इरानी सेनाले चलाएको गोप्य सैन्य कारबाहीमा सक्रिय हुँदै आएका छन् ।

सद्दाम हुसेनविरुद्ध इराकका शिया र कुर्दहरुले चलाएको सैन्य अभियानलाई सुलेमानीले सहयोग प्रदान गरेका थिए । त्यस्तै सिरियामा जारी युद्धमा समेत सुलेमानीले इस्लामिक उग्रवादीहरु विरुद्ध अभियान चलाएका थिए । इराकबाट आईएसआईएसलाई हटाउनमा उनले महत्वपूर्ण भूमिका निभाएको कतिपयको बुझाइ छ ।

त्यस्तै सन् २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछि अमेरिकासँग मिलेर तालिवानलाई सत्ताबाट हटाउने योजना बनाउनेमध्ये सुलेमानी समेत पर्छन् । यस क्रममा सुलेमानी र अमेरिकी विदेशमन्त्रालयका अधिकारीबीच पटक-पटक भेट भएको समाचार समेत बाहिर आएको थियो ।

तर  पछि जर्ज डब्लु बुसले लिएको इरानविरोधी नीतिका कारण सुलेमानी अमेरिकासँग रुष्ट बनेका थिए ।

पछिल्लो समय इजरायल र साउदी अरबमाथि ड्रोन हमलाको योजना समेत सुलेमानीले नै बनाएको कतिपयले दाबी गर्छन् । सुलेमानीको नेतृत्वमा नै इरानले लेबनानमा सक्रिय शिया आन्दोलन हेजबुल्लाह र यमनमा सक्रिय हुथीलाई विभिन्न सहयोग गर्दै आएको इजरायल र साउदी अरबको दाबी छ । यही भएर इजरायल र साउदी अरबले उनको हत्या गर्ने योजना बनाएको कतिपयको आंकलन छ ।

अमेरिकाले समेत सुलेमानीविरुद्ध प्रतिबन्ध लगाएको छ । सन् २०११ मा उनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । सिरियाका राष्ट्रपति बसर अल असदलाई सहयोग गरेको आरोपमा उक्त प्रतिबन्ध लगाइएको थियो । त्यस्तै संयुक्त राष्ट्रसंघले समेत उनीमाथि सन् २०११ मा प्रतिबन्ध लगाएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage